देश/प्रदेश
धादिङको घाटबेँसीमा बस ठोक्किँदा नौजना घाइते
०

धादिङ, भदौ १४-
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा नौजना घाइते भएका छन् । चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।
बसमा सवार २९ जनामध्ये नौजना घाइतेहरूलाई उपचारका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी मिश्रले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























