देश/प्रदेश
मध्यराति हिरासतको भेन्टिलेसन तोडेर भाग्दै गरेका थुनुवा तत्कालै पक्राउ
०

कञ्चनपुर, भदौ १४-
कञ्चनपुरको वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट एक थुनुवा शौचालयको भेन्टिलेसन फोडेर भागेका छन्।
बुधबार राति हिरासतबाट बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय वीरेन्द्र बडायक भागेका हुन्।
थुनुवा हिरासत कक्षको शौचालयमा रहेको भ्येन्टिलेसनको ग्रिल भेन्टिलेसन फोडेर भागेका बडायकलाई भाग्दै गर्दा राति नै प्रहरीले फेरि नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक याम बहादुर मल्लले जानकारी दिए।
बडायकलाई इलाका प्रहरी कार्यालय बेलौरीले लागूऔषध सम्बन्धि मुद्दामा समातेर जिल्ला प्रहरी कार्यालय बुझाएको थियो।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवाको चाप भएपछि उनलाई १९ साउनदेखि वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























