देश/प्रदेश

भक्तपुरमा पार्किङ गरेको बसमा आगजनी

Banner

भक्तपुर , भदौ १४-

भक्तपुरमा पार्किङ गरेर राखिएको एउटा बसमा आगजनी भएको छ।

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरि राखेको बा४ख ६६६९ नम्बरको बसमा बिहीबार बिहान आगजनी गरिएको हो। कमलविनायक रत्नपार्क चल्ने उक्त बसमा कसले आगजनी गर्यो खुलेको छैन।

प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा बसमा लागेको आगो निभाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>