देश/प्रदेश

नेविसंघ पुल्चोक इन्जिनियरिङका सभापतिले अध्यक्ष शेर्पाले जबर्जस्ती अनसन तोडाएको भन्दै दिए राजीनामा

Banner

काठमाडौं, भदौ १४-

नेविसंघका नेता शुलभ चापागाईँले पदबाट राजीनामा दिएका छन् । इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिविरुद्ध ९ दिनसम्म आमरण अनसन बसेका नेता चापागाईँले आफ्नै संगठनका अध्यक्षप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई सभापति चापागाईँलाई बुधवार सरकारसँग भएको उधारो सम्झौतापछि अध्यक्ष दुजाङ शेर्पाले जबर्जस्ती अनसन तोडाएको नेविसंघका नेताहरूको आरोप छ ।

शेर्पाले बन्द कोठामा थुनेर जबर्जस्ती अनसन तोडाएपछि उनले बिहीबार इकाई सभापतिबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>