राजनीति
‘जनतासँग माओवादी कार्यक्रम’ को सुरुवात प्रचण्डले १६ गते चन्द्रागिरिबाट गर्ने
०

काठमाडौँ, भदौ १४-
काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बाट माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत प्रत्येक वडामा जाने अभियान सुरू हुने भएको छ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो अभियानको सुरुवात भदौ १६ गते चन्द्रागिरिबाट गर्न भएका हुन् ।
तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारीसम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा माओवादीको योजनाका बारेमा जानकारी गराउने निर्णय गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको माओवादीको केन्द्रीय कमिटी बैठकले गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























