देश/प्रदेश
आज नेपाल एयरलाइन्सको जहाज गन्तव्यमा जाने यात्रुबिनै भैरहवाबाट उड्यो
०

भैरहवा, भदौ १२-
नेपाल एयरलाइन्सले पहिलो दिन नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र हङकङका यात्रुबिना उडान गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर उडान सुरु गरेको एयरलाइन्सले आज (मंगलबार) भैरहवाबाट गन्तव्यमा जाने यात्रु नपाएपछि बिना यात्रु उडान गरेको हो ।
नेपाल एयरलाइन्सले काठमाडौंलाई ट्रान्जिट बनाएर उडान सुरू गर्न लागेको भन्दै सोमबारदेखि मात्रै टिकट बुकिङ खुला गरेको थियो। तर पहिलो दिनको उडानमा दिल्ली र हङकङ जाने कुनै पनि यात्रुले टिकट नकाटेको एयरलाइन्सले जनाएको छ।
नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले सोमबारदेखि मात्र टिकट बुकिङ खुला भएकाले टिकट काट्ने यात्रु नभएको र सिस्टममा समेत केही समस्या भएकोले मंगलबार काठमाडौं ट्रान्जिट भएर जाने यात्रु नभएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























