देश/प्रदेश

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ

Banner

काठमाडौं, भदौ १०-

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाका आज सुनुवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको रहेको छ। लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ। मुद्दाको अन्तिम किनारा नलागेको भन्दै सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका छैनन्। उनी आज राति पाकिस्तान जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

यसअघि सन्दीपको मुद्दामा गत साउन ३२ गते मुद्दामाथि सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

गत भदौ २१ गते १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।​ सन्दीपलाई असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>