चितवन विशेष

नारायणीमा हामफालेकी २२ वर्षीय अविवाहित महिला बेपत्ता

Banner

चितवन, भदौ ८-

हिजो राती करिब साढे ८ बजेको समयमा नारायणी नदीमा हामफालेकी २२ वर्षीय अविवाहित महिला बेपत्ता भएकी छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ सालबास बस्ने गंगाकुमारी फौजदार (थारु) गैंडाकोटतर्फबाट नदीमा हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

ती महिलाले झोला र मोबाइल पुलमा छाडेर नदीमा हामफालेको गैंडाकोट प्रहरीका डिएसपी बेद पौडेलले बताए । महिलाको परिवार सम्पर्कमा आएपछि हिजो रातीदेखि नै खोजी सुरु गरेपनि नभेटिएको पौडेलले बताए ।

नदीमा बाढी आइरहेकाले खोजी गर्न समस्या भएको हो । नदीमा हामफाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । पछिल्लो समय नारायणी पुलबाट नदीमा हामफाल्ने क्रम बढेपनि यसलाई नियन्त्रण गर्नतर्फ सरकार लागेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>