चितवन विशेष

सेन्ट्रल कलेजले माडी, भण्डारा र मध्यविन्दुमा विद्यार्थीलाई सम्मान र खेलाडीलाई खेल सामाग्री वितरण गर्ने

Banner

चितवन,भदौ ७-

सेन्ट्रल कलेजले चितवनको माडी,भण्डारा र नवलपुरको मध्यविन्दुमा बधाई तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई कलेजले बधाई तथा सम्मान कार्यक्रम गर्न लागेको हो ।

भदौ १३ गते बुधबार बिहान ११ बजे मध्यविन्दु ८ नवलपुरको मिड प्वाईन्ट इनमा कार्यक्रम हुने सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १४ गते विहिबार बसन्तपुर माडीको माडी भिलेज रिसोर्टमा कार्यक्रम हुनेछ भने भदौ १५ गते शुक्रबार भण्डाराको जुमेरा होटलमा कार्यक्रम हुनेछ । सो कार्यक्रममा विद्यार्थीलाई बधाई तथा सम्मानसहित युवा क्लबहरुलाई खेल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रिन्सिपल पौडेलले बताउनुभयो । सोही दिन सबै कार्यक्रम स्थलमा सामाजिक संस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । शैक्षिक परामर्शसंगै सामाजिक क्षेत्रमा सक्रिय रहेको सेन्ट्रल कलेजले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ । विद्यार्थीका लागि बस सवा समेत संचालन गरिरहेको कलेजले निकट भविष्यमा नै आफ्नै भवन (सेन्ट्रल टावर) बाट विद्यार्थीलाई सेवा प्रदान गर्दैछ ।

बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।

प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यालय समेत संचालन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>