देश/प्रदेश

गोरु खानेलाई कारबाही गर्न साधु सन्तको माग, बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी

Banner

जनकपुरधाम,भदौ ६-

जनकपुरधामका साधु सन्तले गोरु खानेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । बुधबार तुल्सी जन्मोत्सवमा आयोजित कार्यक्रमपछि एक पत्रकार सम्मेलन आयोजना गरी साधु सन्तहरुले सो माग गरेका हुन् । उनीहरुले गाई–गोरुको हत्या गर्नेलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

केही दिनअघि कोशी प्रदेशस्थित धरानमा केही व्यक्तिहरुले गाई/गोरु काटेर सामूहिक भोजको आयोजना गरेको घटना बाहिरिएको थियो । जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले गाईरगोरु काटेर मासु खानेलाई सरकारले कानुन बमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिए । उनले कारबाही नगरे साधु सन्तहरु चुप नबस्ने भन्दै आन्दोलनको चेतावनी समेत दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>