देश/प्रदेश

एनओसी नलिकन भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

Banner

काठमाण्डौ,भदौ ६–

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताउनुभयो । अहिले नेपाली विद्यार्थीहरु नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव काप्रीले सम्बद्ध निकायले सूचना मार्फत् विद्यार्थीलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा तथ्याङ्कगत अध्ययन रहेकोमा पनि जोड दिनुभयो ।

उहाँले नियमनकारी निकायको प्रभावकारीता नदेखिँदा अभिभावक र विद्यार्थी अन्योलमा परेका बताउनुभयो ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगले समन्वय नगर्दा समस्या निम्तिएको टिप्पणी गर्नुभएको छ ।

उहाँले भारत सरकारले एक सय ५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये धेरैजसो सीमा क्षेत्रमै स्थापना भएका बताउनुभयो । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थालाई राज्यले उपेक्षा गर्न खोजेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>