देश/प्रदेश

बागमतीसहित पाँच प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

Banner

काठमाडौं, भदौ ४-

मनसुनको न्यूनचापीय रेखा र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सातै प्रदेशमा पानी परिरहेको छ। मौसमविद् शान्ति कँडेलका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा तुलनात्मक रूमा बढी पानी परिरहेको छ।

न्यूनचापीय रेखा नेपालनजिक सर्ने क्रममा रहेकाले हिजो र अस्तिको तुलनामा आजदेखि पानी पर्ने क्रम बढ्ने उनले बताइन्। आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको उनले जानकारी दिइन्।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले यी क्षेत्रहरुमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>