देश/प्रदेश

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

Banner

भदौ ३-

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ। सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो।

यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ। मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

भारतमा गत महिना मात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो। भारतमा प्याज केजीको २४ भारु परिरहेको छ। भारतमा अगष्ट महिनामा विगत एक दशक यताकै सुख्खायाम लागेकोले पनि उत्पादनमा कटौती भइरहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>