खेलकुद

महिला विश्वकप फुटबलमा अष्ट्रेलियालाई पराजित गर्दै स्वीडेन तेस्रो

Banner

काठमाण्डौँ, भदौ २-
अष्ट्रेलियालाई पराजित गर्दै स्वीडेन महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार(आज) तेस्रो स्थानका लागि भएको खेलमा स्वीडेन २ ० ले विजयी भएको हो ।

३० औं मिनेटमा फ्रिडोलिना रोल्फोको पेनाल्टी गोलमा स्वीडेनले अग्रता लिएको थियो । त्यसपछि ६२ औं मिनेटमा कोसोभारे अस्लानीले गोल गरेर स्वीडेनको जित सुनिश्चित गरिन् ।

हारपछि आयोजक अष्ट्रेलियाले भने चौथो स्थानमा चित्त बुझाएको छ । उपाधिका लागि स्पेन र इंगल्याण्ड भिड्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>