खेलकुद

अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

Banner

काठमाडौँ, साउन ३१–

इंग्ल्याड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनल खेलमा आयोजक अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । यसअघि ३ पटकसम्म सेमिफाइनलमै सिमित भएको इंग्ल्याडले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै इंग्ल्याडले १–० को अग्रता बनाएको हो । तर ६३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट इंग्ल्याडका २ वटा डिफेन्डरलाई बिट गर्दै स्याम किरले अष्ट्रेलियाको लागि गोल फर्काइन् ।

अष्ट्रेलियाले गोल फर्काएको ७ मिनेटमा इंग्ल्याडकी लरेन हेम्पले पेनाल्टी बक्स भित्र डिफेन्डरको ट्याकललाई विफल पार्दै गोल गरिन् ।

एलेसिया रुसोले ८६ औं मिनेटमा अर्को गोल गर्दै इंग्ल्याडलाई ३–१ ले जिताउँदै फाइनलको दिशा देखाएकी हुन् । इंग्ल्याडले फाइनलमा स्पेनसँग खेल्नेछ । फाइनल खेल भदौ ३ गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>