देश/प्रदेश

रञ्जिता फाउण्डेशनलाई सहयोग जुट्दै

Banner

काठमाडौँ, साउन २८–

सामाजिक क्षेत्रमा सक्रिय रहेको रञ्जिता फाउण्डेशनलाई अझै सक्रियता बढाउन विभिन्न देशहरुबाट सहयोग जुट्न थालेको छ । विभिन्न अन्तर्राष्ट्रिय दातृ संस्था तथा व्यक्तिहरुले फाउण्डेशनलाई सहयोग गर्न थालेका हुन् ।

यसैक्रममा हालसालै एनआरएनए अष्ट्रेलिया २०२३–२५ कार्यकाल अन्तरगत दक्षिण अष्ट्रेलिया एनसीसी सदस्य पदमा निर्वाचित नवलपुर समाज अष्ट्रेलियाका अध्यक्ष समेत रहेका विष्णु तिवारीले फाउण्डेशनलाई आर्थिक सहयोग गरेका छन् । तिवारीसंगै चौतारी समूहका पदाधिकारी, एनआरएनएका प्रतिनिधिहरुले पनि फाउण्डेशनलाई सहयोग गरेका छन् । फाउण्डेशनलाई सहयोग गरेको भन्दै फाउण्डेशनकी अध्यक्ष रञ्जिता गुरुङले सबै सहयोगी व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद दिएकी छन् ।

‘दुःखी गरिब, असहाय, बाढी पीडित, बेसाहारा व्यक्ति तथा समूहको लागि सहयोग गर्ने परोपकारी संस्था र व्यक्ति प्रति फाउण्डेशन कृतज्ञता प्रकट गर्दछ’ अध्यक्ष गुरुङले भनिन् ‘ हामीमा भातृत्व अझै जीवितै छ । देशको मायाले हामी सदा ऊर्जावान रहेका छौँ । हरेक विपत्तिलाई सबै मिलेर पार लगाएका छौँ । यो विशिष्ट सामाजिक सम्बन्ध हो ।’

यस अभियानमा जोडिएर संकलित रकमबाट बेबारिसे शवको दाहसंस्कार, प्राकृतिक प्रकोप , दैबिक प्रकोपबाट प्रताडित मानिसहरूको लागि उद्धारको लागि खर्च गरिने गुरुङले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>