घटना -दुर्घटना

खोलामा फसेका दुई बालकको उद्धार

Banner

काठमाडौं, साउन २७-

कीर्तिपुरको बल्खु खोलामा फसेका दुईजना बालकको उद्धार भएको छ। शनिबार दिउँसो कीर्तिपुर नगरपालिका-२ बल्खु खोला जिरो पोइन्टमा पौडी खेल्न गएका दुई जना बालकको उद्धार गरेको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए।

कलंकी बस्ने ११ वर्षीय सुमित आचार्य र १२ वर्षीय रिदम अधिकारी छन्। पौडी खेलिरहँदा पानीको बहाव एक्कासी बढेपछि उनीहरू खोलाको बीचमा फसेका थिए।

उनीहरू निस्किन नसकेपछि अरूले देखेर प्रहरीलाई बोलाएका थिए। प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। दुबै बालकलाई प्रहरीले वृत्तमा लगेको छ। परिवारलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>