चितवन विशेष

युवा दिवसमा माडीमा भएको वक्तृत्वकला प्रतियोगितामा रश्मी आचार्य पहिलो

Banner

चितवन, साउन २७-

२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडीमा भएको खुला वक्तृत्वकला प्रतियोगितामा रश्मी आचार्य पहिलो भएकी छन् ।

जिल्ला युवा समिति चितवनले गरेको ‘समृद्धिका लागि हरित विश्वको महत्व’ विषयक सो प्रतियोगितामा अर्जुन अर्याल दोस्रो, आयुषा ठकुरी तेस्रो र प्रतिमा गुरुङले सान्त्वना स्थान हासिल गरेका हुन् ।

४० वर्ष उमेर सम्मका १२ जना युवाहरुको सहभागिता रहेको सो खुला प्रतियोगितामा प्रथम हुने आचार्यले ४१, दोस्रो हुने अर्यालले ३७, तेस्रो हुने ठकुरीले ३५.५ र सान्त्वना स्थान पाएका गुरुङले ३४ अंक प्राप्त गरे ।

जिल्ला युवा समितिका अध्यक्ष रामचन्द्र लम्सालको अध्यक्षतामा भएको सो प्रतियोगितामा माडीका नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रमको प्रवद्र्धकहरुमा माडी नगरपालिका, माडी क्याम्पस, नगर युवा सञ्जाल माडी समृद्धिका लागि युवा अभियान माडी, बसन्तपुर युनाइटेड क्लब र स्टार स्पोर्टस् क्लब रहेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>