चितवन विशेष

रत्ननगरमा भएको रत्न प्रिय क्लबको रक्तदानमा ७९ युनिट रगत संकलन

Banner

चितवन, साउन २७–

रत्ननगर नगरपालिका–९ मा रहेको रत्न प्रिय क्लबको प्रथम वार्षिकउत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम भएको छ ।

‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, स्वस्थ रहौं, समृद्ध बनौं’ भन्ने मूल नाराका साथ रत्न प्रिय क्लबको आयोजना तथा रत्ननगर नगरपालिका वडा नं. ९ को सहआयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा ७९ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए । राना मगरका अनुसार ७४ पुरुष र ५ जना महिलाले रक्तदान गरेका थिए । चितवनमा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख पल्हाद सापकोटाले चितवनमा मात्रै नभईकन देशैभर रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम गर्नु प्रशंसनीय भएको बताए । उनले भने, ‘हरेक चिज बनाउन चाहेमा बनाउन सकिन्छ । रगत बनाउन सकिदैन, रगत अति आवश्यक छ ।’

रत्न प्रिय क्लबले लागुऔषध नियन्त्रण, ट्राफिक सचेतना, सरसफाई, खेलकुदलगायत सामाजिक क्षेत्रहरुमा थुप्रै उदाहरणीय कार्यहरु गरिरहेको उनले बताए । रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले सामाजिक क्षेत्रमा धेरै कार्यक्रम गर्ने क्लबले रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिएकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रममा वडा कार्यालयले सधै सहयोग गर्ने बताएका थिए । बालुवाटार विपत् व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले यस प्रकारको रक्तदानले धेरैको जीवन बच्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा योगदान राष्ट्रको लागि रत्ननगरका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी ज्ञानेन्द्रराज पाण्डे, एनिमल वेलफेरका प्रतिनिधि रामचन्द्र आचार्य लगायतको उपस्थिति थियो । क्लबका सचिव विजय लामाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक विशाल ओझाले स्वागत मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>