देश/प्रदेश

पर्याप्त आवेदन नपरेपछि काठमाडौं महानगरले १९ जना विषय विज्ञका लागि पुनः खुलायो आवेदन

Banner

काठमाडौँ, साउन २६-

काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ। सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्न महानगरले अनुरोध गरेको हो ।

महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन मागेको थियो। तर, पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेको छ।

महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञरवन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो। त्यस्तै काठमाडौं महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्रीरभूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको छ। यी पदहरूमा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने महानगरले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>