देश/प्रदेश

वृद्ध दम्पतीको वृद्ध भत्ता बापत पाएको २४ हजार रकम लुटपाट

Banner

कपिलवस्तु,साउन २५-

कपिलवस्तुको सुद्धोदन गाउँपालिका– ६ कर्मा गाउँका एक दम्पतीको सामाजिक सुरक्षा बापतको २४ हजार रकम लुटपाट भएको छ। मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले बिहीबार बिहान साढे ११ बजेतिर ८४ बर्षिया पुनर्बासि बरई र निजकै श्रीमती वर्ष ७९ बर्षिया बुच्चा बरईको वृद्ध भत्ता लुटेर फरार भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव क्षेत्रीले बताए।

सुद्धोदन गाउँपालिका कै लबनीमा रहेको प्राइम बैक लवनि शाखा बाट तीन महिनाको बत्ता बापत दुवैले बुझेर कर्मा तर्फ लागेको थिए। सेतो सर्ट र कालो पाइन्ट लगाएका मोटरसाईलमा आएका अपरिचित व्यक्तिले व्यक्तिले दुवै जनालाई घर पुर्यादिन्छु भनी मोटरसाईलमा बसाएका थिए।

ती व्यक्तिले सुद्धोदन गाउँपालिका ३ बेथीखोला नजिक मोटरसाईलकबाट उतारी डर धम्की देखाई सो रकम लुटेर फरार भएका थिए। लुटेराको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>