देश/प्रदेश

कुवेतमा कम्पनीको काम भनी घरेलु काममा साउदी पुर्‍याइएका चार महिलाको उद्धार गरी दूतावासले पठायो नेपाल

Banner

काठमाण्डौ ,साउन २५-

कुवेतमा कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई गैरकानुनी रूपमा घरेलु काममा साउदी पुर्‍याइएका चार नेपाली महिलाको उद्धार गरी त्यहाँ रहेको नेपाली दूतावासले नेपाल पठाएको छ ।

साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुर्व्यवहार भोगिरहेका उनीहरूलाई उद्धार गरी तीन महिना सेल्टरमा राखेर बुधवार स्वदेश पठाइएको हो । उनीहरूलाई भारत हुँदै कुवेत पुर्‍याइएको थियो । भारत हुँदै कुवेत पुर्याएका उनीहरूलाई केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेण्टले उनीहरूलाई साउदी अरब पुर्‍याईएका थिए ।

साउदीमा उनीहरूलाई झण्डै सात वर्षसम्म घर मालिकले बिना तलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको दूतावासले जनाएको छ ।

दैनिक १८ घण्टासम्म आफूले काम गर्न परेको र तलब नपाएपछि घर फर्कन्छु भन्दा उल्टो कुटपिटका साथै अमानवीय र अभद्र व्यवहार भोग्न परेको उनीहरूले बताएका छन् ।

तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधासहित सेल्टरमा राखेको थियो । यसबीचमा दूतावासले साउदीको घरेलु कामदार कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीको लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो ।

नेपाल फर्कन मिल्ने बहिर्गमन भिसा लागेपछि हिमालय एयरलाइन्समार्फत दूतावासले बुधवार उनीहरूलाई नेपाल फर्काएको छ । उनीहरूको टिकटको व्यवस्था भने साउदीमा रहेको प्रवासी नेपाली मञ्चले गरेको हो ।

सरकारले प्रतिबन्ध लगाएको काममा महिलाहरूलाई विभिन्न तरिका र माध्यमको प्रयोग गरी एजेण्टहरुले गैरकानुनी रूपमा खाडीका विभिन्न देशमा पुर्‍याउने गरेको छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>