देश/प्रदेश
सर्लाहीमा युवकको काटिएको टाउको भेटियो, शरीर खोज्दै प्रहरी
०

जनकपुरधाम, साउन २५-
सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ । हरिवन नगरपालिका-९ लखनदेही खोलामा अन्दाजी ३०/३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार व्यक्तिको पहिचान खुलेको छैन । शरीरको खोजी गरिरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























