देश/प्रदेश

नागरिकतामा छोराभन्दा आमा दुई वर्ष मात्र जेठी

Banner

बझाङ, साउन २३-

बजाङ थलारा गाउँपालिका–३ कुचकी जलादेवी दमाइँको उमेर नागरिकतामा छोराको भन्दा दुई वर्ष मात्र बढी रहेको पाइएको छ ।

वृद्ध भत्ताको आश गर्दै आएकी उनले गाउँमा राष्ट्रिय परिचयपत्रको टोली आउँदा मात्र आफ्नो उमेर नागरिकतामा कम भएको थाहा पाएकी हुन् । जलादेवी दमाईंका दौंतरीले सामाजिक सुरक्षा भत्ता पाउन थालेको धेरै भयो । विपन्न आर्थिक अवस्थाकी निरक्षर जलादेवीले पनि भत्ता कार्ड बनाई माग्न जान्ने बुझ्नेलाई गुहार्दा पनि उमेर नपुगेको भनेर फिर्ता आएपछि उनी समस्यामा पर्दे आएकी छन् ।

राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकामबाट आएको टोलीले उनलाई छोराभन्दा दुई वर्ष मात्रै जेठी भन्ने बताएपछि उनी झसंग भइन् । नागरिकतामा गलत उमेर राखिएका कारण उनी सामाजिक भत्ता पाउनबाट वञ्चित भएकी रहिछन् । सरकारी परिचयपत्र टोलीले गलत उमेर राखेर राष्ट्रिय परिचयपत्र नबनाउनुस् भनेपछि तत्काललाई उनी त्यसबाट पनि वञ्चित भएकी छन् । कर्मचारीको गल्तीले जलादेवीको जन्ममिति गलत लेखियो नै, यो जन्ममितिलाई आधार मान्दा उनी जेठो छोराभन्दा २ वर्ष मात्र जेठी देखिइन् ।

२०६३ चैत २४ मा जारी भएको उनको नागरिकतामा जन्ममिति २०३८ माघ ३ लेखिएको छ । जबकि उनले आफू २२ वर्षकी हुँदा जेठो छोरो जन्माएकी हुन् । जेठो छोरा बिर्खु दमाईंको जन्ममितिमा २०४० जेठ ३ उल्लेख छ । बिर्खुको नागरिकता २०५९ चैत १९ मा जारी भएको हो ।

(कान्तिपुर अनलाइनबाट)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>