विज्ञान/प्रविधि

सावधान १ किबोर्डको आवाजबाट पनि एआईले चोर्नसक्छ तपाईंको पासवर्ड

Banner

साउन २४-

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले भलै आफ्नो क्षमताका कारण सबैलाई आकर्षित गर्न सफल भएको छ, तर यो वैज्ञानिकहरुका लागि एक गम्भीर चिन्ताको विषय बन्दै गएको छ । एक नयाँ अनुसन्धानले आर्टिफिसियल इन्टेलिजेन्सले कम्प्युटरको किबोर्डको आवाजबाटै प्रयोगकर्ताको पासवर्ड चोरी गर्न सक्ने तथ्यको खुलासा गरेको छ ।

शोधकर्ताहरुका अुनसार एआई टूलले तपाईंको टाइपिङवाला किबोर्डको आवाजबाट पासवर्ड वा प्याटर्न पत्ता लगाउन सक्दछ । यसका लागि शोधकर्ताहरुले लर्निङ मोडल पनि तयार गरेका छन् । सो मोडलबाट उनीहरुले उक्त कार्यमा ९५ प्रतिशत सफलता हात पार्न सफल भए ।

ब्लिपिंग कम्प्युटरले सार्वजनिक गरेको रिपोर्ट अनुसार ब्रिटिस विश्वविद्यालयका शोधकर्ताहरुले ल्यापटप वा पर्सनल कम्प्युटरको माइक्रोफोनबाट कि स्ट्रोक्स अर्थात् किबोर्ड थिचेको आवाज बुझ्नका लागि लागि ध्वनी पहिचान गर्नसक्ने एआई मोडेल तयार पारे ।

अनुसन्धानका क्रममा जूम तथा स्काइपी जस्ता एपमा एल्गोरिदमको प्रयोग गरियो जहाँ सफलताको दर क्रमशः ९३ प्रतिशत र ९१.७ प्रतिशत सम्म रह्यो । उक्त लर्निङ मोडेलको प्रयोगलाई ह्याकरहरुले आम प्रयोगकर्ताको कम्प्युटर प्रणाली ह्याक गरेर डाटा चोरी गर्न सक्दछन् ।

उनीहरुले ऋयब्तल्भत नामक एक तस्वीर वर्गीकरणकर्ता प्रविधिलाई तालिम दिनका लागि साउण्ड डाटाको प्रयोग गरे जसले रेकर्ड गरेको आवाजको आधारमा थिचिएका किबोर्डका की पत्ता लगाउन सक्दछ । शोधकर्ताहरुले यो एआई मोडेल कुनै पनि साइट वा कुनै ल्यापटपमा इन्स्टल गरेर ह्याकरले किबोर्डको आवाजको आधारमा पासवर्डलगायतका डाटा चोरी गर्नसक्ने खतरा रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>