चितवन विशेष

आज नारायणीसहित यी नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

Banner

काठमाडौं,साउन २४-

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार बिहान एक सूचनामार्फत महाशाखाले यस्तो आग्रह गरेको हो ।

आज नारायणी, महाकाली र बबई नदीको तराई क्षेत्रमा जलसतह केही घटबढ भए पनि सतर्कता तह आसपास नै हुने महाशाखाको पूर्वानुमान छ । यी नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

यस्तै, आज, भोलि र पर्सि कोसी, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीमा जलसतह केही घटबढ भए पनि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

यस दिन ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, प्युठान, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी र दार्चुला भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्ने सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>