नवलपुर

गैंडाकोटबाट २४ वर्षीय महिला चार दिनदेखि वेपत्ता,खोजी गरिदिन परिवारको अपिल

Banner

गैंडाकोट,साउन २४-

नवलपुरको गैंडाकोटबाट एक महिला चार दिनदेखि वेपत्ता भएकी छन् । बाग्लुङ जैमिनी नगरपालिका ८ छिस्ती घर भई हाल गैडाकोट नगरपालिका १० भैसाखोरीमा माइत आएकी २४ वर्षीय विन्दु जिसी वेपत्ता भएकी हुन् । उनि उपचारका लागि केही समय पहिला आफ्नो माइत गैडाकोट आएकी थिइन । आइतबार चार बजे घरबाट भरतपुर अस्पतालमा रिपोर्ट लिन भनेर हिडेकी विन्दु त्यसपछि सम्पर्क विहिन भएको उनकी आमा कुमारी भेटवालले बताउनुभयो । उनका एक छोरा र छोरी छन् ।

विन्दुको खोजी गरिदिन परिवारले अपिल गरेको छ । आजै प्रहरीमा पनि रिपोर्ट दिएको आमा कुमारीले जानकारी दिनुभयो । कोही कसैले फेला पारेमा वा कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा फोन नम्वर ९७४१७९५०६० मा सम्पर्क गरिदिनुहुन विन्दुका परिवारजनले अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>