खेलकुद

भुटानको पारोलाई पराजित गर्दै नेपालको मच्छिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा

Banner

काठमाडौं, साउन २३-
भुटानको पारो एफसीलाई ३-२ गोलले हराउँदै नेपालको मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरण पुगेको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा भुटानले सुरुवाती अग्रता लिए पनि त्यसपछि मच्छिन्द्रले लगातार तीन गोल गरेको थियो । मच्छिन्द्रका विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाडिपोले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता भुटानी क्लबले लिएको थियो । पारोका काजु होम्माले सातौं मिनेटमा अग्रता दिलाएका थिए । तर, विमलले १२औं मिनेटमा खेल बराबरीमा ल्याए । त्यसपछि आयुषले १५ र अफिजले ३८औं मिनेटमा गोल गरेका हुन् । पारोका इभान्स असान्तेले ७१औं मिनेटमा गोल फर्काउँदै टोलीको पुनरागमन प्रयास गरेका थिए । मच्छिन्द्रले दोस्रो चरणमा अब भारतको मोहन बगानसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>