चितवन विशेष
लागुऔषध दुर्व्यसनी विरुद्ध नारायणी कला मन्दिरमा नाटक प्रहसन
०

चितवन, साउन २०-
चितवनको नारायणी कला मन्दिरमा शनिवार लागुऔषध सम्बन्धी सचेतना जगाउनका लागि नाटक प्रहसन गरिएको छ । विवेक तिवारीले लेख्नुभएको ‘अब छोडिदिन्छु’ नाटक प्रहसन गरिएको हो । १५ मिनेटको हाराहारीमा रहेको नाटकमा सञ्चारकर्मी सुरज किरण र तिवारी आफैँ खेल्नुभएको छ । नाटकले लागुऔषधमा फसेका नागरिकलाई कसरी छोड्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
नारायणी कला मन्दिरमा आयोजना गरिएको कार्यक्रममा सञ्जय बरालको ‘दानव’को म्यूजिक भिडियो सार्वजनिक समेत गरिएको छ । कार्यक्रममा गायक दिपक पुन, दिपेश ओस्ती, अमन गुरुन, प्रिन्स सुनाम, असल घिमिरे, सञ्जय बरालले आफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सांसद ज्ञानुजंग लामा रहनुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















