चितवन विशेष

आँखा पाक्ने प्रकोप बढेपछि भोलिदेखि रत्ननगरका सबै विद्यालय बन्द

Banner

चितवन, साउन २१-
आँखा पाक्ने प्रकोप बढ्दै गएपछि रत्ननगर नगरपालिकाका सबै विद्यालय बन्द हुने भएका छन् । रत्ननगर नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भोलिदेखि साउन २४ गतेसम्म पालिकाभित्रका कक्षा १२सम्म सञ्चालन भएका संस्थागत विद्यालयहरु बन्द गर्न अनुरोध गरेको हो । साथै बन्दको सूचना गर्नुपूर्व आँखाको सुरक्षा सम्बन्धी सचेतीकरण गर्न समेत अनुरोध गरेको छ ।

‘आँखाको प्रकोप बढ्दै गएको हुँदा साउन २२देखि २४ गतेसम्म विद्यालय बन्द गर्नुहुन र बन्दको सूचना सम्बन्धी गर्नुपूर्व आँखाको सुरक्षा सम्बन्धी सचेतीकरण समेत गर्न गराउनु हुन नगर कार्यापालिकाको साउन २१ गतेको निर्णय अनुसार अनुरोध छ,’ नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>