अपराध

चितवनमा ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय चेपाङ पक्राउ

Banner

चितवन,साउन २१-

चितवनमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङ रहेका छन् ।

चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा सामुदायिक वनमा ललाई फकाई गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकाको मेडिकल परीक्षण पछि अभिभावकको जिम्मा लगाइएको छ । चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>