चितवन विशेष
एमाले निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघको आयोजनामा भरतपुरमा रक्तदान
०

चितवन, साउन २०-
एमाले निकट राष्ट्रिय युवा संघ भरतपुर १६ र अखिल नेपाल महिला संघको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । रगतको मागलाई मध्येनजर गर्दै आज भरतपुर १६मा गरिएको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ गरिएको कार्यक्रममा नेकपा एमाले चितवनका नेता तथा कार्यकर्ताहरुको उपरिस्थती रहेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रडिङ सेन्टरका प्रिन्सिपल यज्ञविलास पौडेल विशिष्ट अतिथि रहनुभएको थियो । रक्तदान कार्यक्रमलाई सफल पारिदिएकोमा राष्ट्रिय युवा संघ भरतपुर १६का अध्यक्ष सुजन ढकालले सबैलाई धन्यवाद समेत दिनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















