चितवन विशेष

माडीका सुवेदीको उपचारका लागि चार लाख संकलन, अझै ६ लाख लाग्ने

Banner

चितवन ,साउन १८ –
चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीका ३० बर्षका सुरेश सुबेदीको उपचारका लागि आर्थिक अभाव भएपछि चार लाख रुपैयाँ संकलन गरिएको छ । सामाजिक संस्था साविक अयोध्यापुरी माडी – भरतपुर सम्पर्क समाज र संचारकर्मी लक्ष्मण गौतमको अगुवाइमा सो रकम संकलन गरिएको हो ।
साउन ६ गतेबाट आर्थिक संकलन गर्न सुरु गरिएको थियो । हाल देशका विभिन्न स्थान तथा चितवनमा घर भै विभिन्न देशमा रहेका नेपालीबाट आर्थिक सहयोग आइरहेको सञ्चारकर्मी लक्ष्मण गौतमले जानकारी दिए ।

सुवेदीको पारिवारिक अबस्थामा कमजोर रहेको छ । चिकित्सकले उपचारका लागि १० लाख रुपैयाँ लाग्ने बताएका छन् । तर उपचारका क्रममा आफन्तले खोजेर ल्याएको करिव ३ लाख रुपैया सकिएको सकिएपछि आर्थिक सहयोग संकलन गर्न थालिएको थियो ।

असारको पहिलो साता अत्याधिक ज्वारो आउने र टाउको दुख्ने समस्या भै अस्पताल लगिएकोमा दिमागमा पानी जमेको कारण अप्रेशन गरिएको छ । उनलाई लामो समय बिरामी लाई अस्पताल नै राखेर उपचार गर्नु पर्ने चिकित्सकले बताएका छन् ।

भरतपुर अस्पताल न्युरो सर्जरी वाड बेडमा राखी उपचार गरिएका बिरामी सुवेदीको स्वास्थ्यमा उल्लेख सुधार हुँदै आएको छ । सहयोगका लागि सहयोगदाताले बिरामीकि बहिनी सुमित्रा सुवेदीको माडी बसन्तपुरमा रहेको ग्लोबल आइ एम इ बैक खाता नम्बर २१००७०१००९९३८७ तथा तथा इसेवा नम्बर ९८६५३८३११८मा समेत रकम जम्मा गर्न सकिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>