चितवन विशेष

‘महिलाका लागि मात्र सार्वजनिक यातायात सञ्चालन गरेर के सन्देश दिन खोजेको ?’

Banner

चितवन,साउन १८-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा शुरु भएको महिलाका लागि मात्र सार्वजनिक यातायातले सामाजिक विभेदलाई प्रश्रय दिने बताएका छन्। रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा शुरु गरेको महिलाका लागि सार्वजनिक यातायातबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न गरेका छन्।

सामाजिक विभेद अन्त्य गर्न विगतमा महत्त्वपूर्ण भूमिका खेलेको चितवनमा यो कदमले सकारात्मक सन्देश नदिने उनको भनाइ छ। ‘अहिले युवाको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका वेला ठूलो संख्यामा महिला परिवारको मूलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्’, सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्, ‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ?’

पोखरेलले रास्वपाका अध्यक्ष लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजेको समेत आरोप लगाएका छन् । ‘नयाँ र वैकल्पिक शक्ति बनाउछौँ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ। हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ’, उनले भनेका छन्, ‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>