देश/प्रदेश

कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिने

Banner

काठमाण्डौ, साउन १७-

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्। मुख्यमन्त्री थापाले बिहान साढे १० बजे शपथ लिने कार्यक्रम तय भएको छ।

कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।

सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>