खेलकुद

युरोपियन लिग खेल्न इजरायल प्रस्थान गरिन् सावित्रा

Banner

काठमाडौं,साउन १६- 

इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी हुन् ।

उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने छिन् । सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी हुन् । इजरायल एसियन राष्ट्र भए पनि त्यहाँको क्लबले युईएफएमा आबद्ध भएर युरोपियन क्लब फुटबल खेल्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>