देश/प्रदेश
यति एयरलाइन्सको ‘ल्यान्डिङ गेयर’ मा मुसा देखिएपछि…
०

काठमाडौं, साउन १५-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उड्न लागेको यति एयरलाइन्सको जहाजको ‘ल्यान्डिङ गेयर’मा मुसा देखिएपछि उडान रोकिएको छ।
सोमबार नियमित उडान तालिका अनुसार बिहान ११:५० को उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएपछि उडान रोकिएको विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीले बताइन्।
उनकाअनुसार केही ‘डिले’ भएकाले दिउँसो पौने एक बजे उडानका लागि तयार थियो। जहाजमा ६० जना यात्रु थिए।
‘बोर्डिङका क्रममा एक यात्रुले जहाजको पछाडिको ल्यान्डिङ गेयरको वरपरी मुसा देख्नुभएछ। जहाजभित्रै पस्यो कि भन्ने आशंका भयो, ‘उनले भनिन्, ‘उडान रद्द गरियो।’ स्रोत सेतोपाटी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























