देश/प्रदेश

होटलमा बेहोस् भेटिएका पनेरुको मृत्यु, उनीसँगै बसेकी युवती पक्राउ

Banner

काठमाडौं,साउन १५-

कञ्चनपुरको महेन्द्रनगरमा होटेलमा बेहोस अवस्थामा भेटिएका कैलालीको धनगढीका एक युवकको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटेलमा बेहोस भेटिएका धनगढी उपमहानगरपालिका ४ बोराडाँडी बस्ने ३७ वर्षीय विष्णु पनेरुको शनिबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनको मृत्यु भएपछि पनेरु बेहोस भेटिएको होटेलमा सँगै बसेकी धनगढी उपमहानगरपालिका १४ फूलबारीकी ३२ वर्षीया सुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको छ ।

सापकोटालाई शनिबार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको उनले बताए । डीएसपी डाँगीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>