चितवन विशेष

नारायणगढ–मुग्लिन सडकको विकल्पमा तनहुँ तर्फ ट्रयाक खोल्न प्रस्ताव

Banner

चितवन, साउन १४-
नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले सास्ती दिन थालेपछि यसको विकल्पमा अर्को राजमार्ग बनाउनका लागि सडक डिभिजन कार्यालय भरतपुरले प्रस्ताव अगाडि बढाएको छ । गैँडाकोटदेखि तनहुँ हुँदै मुग्लिनसम्म नयाँ ट्रयाक खोल्ने गरी कार्यालयले मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

‘नारायणगढ–मुग्लिन खण्डको विकल्पमा गैँडाकोट– तनहुँ तर्फको दासढुंगा–मुग्लिनसम्म निस्कन सक्ने सम्भावना छ,’ सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेलले भने ‘३८ किलोमिटर दुरीमा ट्रायाक खोल्न सके यातायात आवागमनमा सहज हुन्छ ।’ यसका लागि ४ अर्ब रुपैयाँ लाग्ने अनुमाग गरिएको उनले बताए ।

मन्त्रालयबाट पास भए डिपिआरको काम अगाडि बढ्ने बताए । उनले यो प्रस्ताव एक महिना अघि पठाएका हुन् । यस सडक खण्डका केही भागमा ट्रयाक पनि खोलिएको छ । यसलाई राष्ट्रिय राजमार्ग कायम गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ । राष्ट्रिय राजमार्ग स्वीकृत गर्ने काम मन्त्रिपरिषद्ले गर्दछ । यस्तै शक्तिखोर–फिस्लिङ सडक खण्डलाई पनि बैकल्पिक राजमार्गको रुपमा हेरिएको छ । यहाँ ट्रयाक खोलिसकिएको छ । अधिकांश भागमा कालोपत्र समेत भैसकेको छ । तर, अहिले नै ठुला सवारी साधन गुड्न सक्दैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>