गण्डकी

गोरखाका नगर सभापतिसहित १४ नेताले छाडे डा. बाबुराम भट्टराईको साथ

Banner

चितवन, साउन १४-

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गोरखा नगरपालिका अध्यक्षसहित १४ जनाले पार्टी छाडेका छन् ।

नगर सभापति ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रबिन आचार्यसहितले विज्ञप्ति निकालेर पार्टीबाट अलग भएको जानकारी गराएका हुन् ।

उनीहरूले सामाजिक काममा क्रियाशील रहने भन्दै पार्टीबाट अलग भएका हुन् । ‘पछिल्लो चरण अन्य पार्टी र वैकल्पिक भन्ने हाम्रो नेसपा पार्टीबीच कुनै भिन्नता नहुने स्थिति देखा पर्दै गयो,’ नेतृत्वको आलोचना गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘उही पुरानो प्रवृत्तिबाट जगडिएको नेतृत्व नै हाबी हुन थालेपछि जनताको आशा र हामीले सोचेको वैकल्पिक शक्ति निर्माण महाअभियान यात्रा पुरानो बाटोतिरै फर्किएको अनुभूति भयो ।’

गोरखा नेसपा अध्यक्ष बाबुराम भट्टराईको गृहजिल्ला हो । नेसपाले ६ महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेका बेला अध्यक्ष भट्टराईकै गृह जिल्लाका नगर सभापतिसहित १४ जनाले उनको साथ छाडेका छन् । पार्टी छाडेकाहरूले पार्टीका जिल्ला तहको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टिसमेत जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>