बजार

नेपालमा सफल व्यवसाय गर्नेले जुनसुकै देशमा गएर व्यापार गर्नसक्छः सांसद चौधरी

Banner

काठमाडौँ,साउन १२-

नेपाली काँग्रेसका सांसद तथा उद्यमी विनोदकुमार चौधरीले नेपालमा सफलरुपमा व्यवसाय गर्नेले विश्वका जुनसुकै देशमा गएर व्यापार गर्नसक्ने बताएका छन्। उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरणसभामा बोल्दै सांसद चौधरीले नेपालमा व्यापार गर्न विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठेरो रहेको बताए। जटिलतामा बिजनेस गर्नेले विश्वका जुनसुकै देशमा पनि व्यापार गर्नसक्ने उनको भनाइ थियो।

उनले सरकारले नेपालमा नै केही गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले नेपालमा स्टार्टअप उद्यमका लागि भविष्य राम्रो रहेको भन्दै इनोभेसन नलेज भएका युवाहरुले क्यानडा र अष्टेलिया जाने मानसिकता परिवर्तन गर्नुपर्ने बताए। उनले क्यानडा, अष्ट्रिेलिया गएर टेक्नोलोजीको क्षेत्रमा काम गर्ने मानसिकता बनाएका युवाहरु नेपालमा नै बस्ने उत्तम उद्यम भनेको स्टार्टअप भएको उल्लेख गरे।

विगतमा सरकारले विभिन्न समयमा गरेका स्टार्टअप फण्डहरु त्यत्तिकै खारेज भएको बताउँदै चौधरीले सरकारले घोषणा गरेका फण्डलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले स्टार्टअप उद्यमीहरुले काम गर्न पुँजी लगानी गर्दा समेत राम्रो योजनाहरु पाउन नसकेको गुनासो गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>