देश/प्रदेश

दलित भएको थाहा पाएर कोठाबाट जबर्जस्ती निकाल्ने घरबेटी एक लाख धरौटीमा छुटे

Banner

रूपन्देही, साउन १२-

जातीय विभेद मुद्दामा पक्राउ परेका दाङका एक व्यक्ति धरौटीमा छुटेका छन् । दाङको घोराही उपमहानगरपालिका-१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल एक लाख धरौटी बुझाएर तारेखमा छुटेका हुन् ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमका अनुसार ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न जिल्ला अदालत दाङले आदेश दिएको हो ।

अछाम पञ्चदेवल विनायक नगरपालिका-७ का २३ वर्षीय महेन्द्र विकसहित परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबर्जस्ती घरबाट निस्कन लगाएको उजुरी परेको थियो । उनीहरूका कोठाका सामान बाहिर फालिदिएको पीडितले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>