चितवन विशेष

आजदेखि नारायणीसहित यी नदीमा जलसतह उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

Banner

काठमाडौँ, साउन १२-

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ६ वटा नदीको जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ। महाशाखाले नियमित बुलेटिनमार्फत् कोशी जलाधार क्षेत्रअन्तर्गतको तामाकोशी नदीको जल सतह बढ्ने पूर्वानुमान गरेको छ।

यस्तै, नारायणी जलाधार क्षेत्रअन्तर्गत बूढीगण्डकी नदीको पनि जल सतह बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। सोही जलाधार क्षेत्रभित्र पर्ने मर्स्याङ्दी नदीको पनि जल सतह बढ्ने प्रक्षेपण गरिएको छ।

कमला, बागमती, पूर्वी राप्ती नदीको पनि जल सतह बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ।

यसैगरी, झापा, इलाम, ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, बागलुङ, पर्वत, पाल्पा, नवलपरासी, रूपन्देही, कपिलवस्तु आसपास भई बग्ने नदीमा पनि जलसतह बढ्ने भएकाले महाशाखाले सतर्क रहन सचेत गराएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>