देश/प्रदेश
महिला कर्मचारीले १ वर्ष प्रसूति विदा पाउने
०

गान्तोक, साउन ११-
भारतीय राज्य सिक्किमले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधबार सरकारले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा घोषणा गरेका हुन्।
सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसनको वार्षिक बैठकमा सम्बोधन गर्दै मख्यमन्त्री तामाङले यस्तो घोषणा गरेका हुन्। श्रीमती सुत्केरी भएका पुरूष कर्मचारीले पनि एक महिना बिदा पाउने छन्। समाचार एजेन्सी पिटिआईका अनुसार नयाँ बिदा लागु गर्न सेवा कानुनमा संशोधन गरिनेछ।
‘यो संशोधनबाट सरकारी कर्मचारीलाई आफ्ना बच्चा र परिवारको राम्रो हेरचाह गर्न मद्दत पुग्नेछ,’ तामाङले भने। मातृत्व लाभ अधिनियम १९६१ अनुसार महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउँछन्। एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























