देश/प्रदेश

क्यानोनिङ गर्दा लडेर एकको निधन

Banner
गण्डकी, साउन ११-
छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ ।
बुधबार अपरान्ह माछापुछ्रे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते हुनुभएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>