चितवन विशेष

चितवनका दुईसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द

Banner

चितवन, साउन ११-

साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज पश्चात् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ३७ शाखा कार्यालय बन्द गर्ने भएको छ । चितवनका दुई शाखा सहित देशका विभिन्न क्षेत्रमा रहेका ३७ शाखा कार्यालय बन्द गर्न लागेको हो । जसमा भरतपुर महानगरपालिका वडा नम्बर २० को चनौली शाखा र खौरहनी नगरपालिका ८ पर्साको चौबीसकोठी शाखा रहेका छन् ।

त्यस्तै बैंकले एउटै स्थानमा रहेका दुई शाखा गाभेर एउटा शाखाबाट मात्रै कारोबार गर्ने बताएको छ । बैंकले साबिकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्नेछ । साबिकको इन्भेष्टमेन्ट बैंकको ४ शाखा बन्द गरी साबिकको मेगा बैंकको शाखाबाट कारोबार गर्ने जनाएको छ ।

शाखा समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ । गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>