राजनीति

मिटर ब्याजसम्बन्धी विधेयक आज राष्ट्रिय सभामा टेबुल हुँदै

Banner

काठमाडौं, साउन ११–

राष्ट्रियसभा बैठकमा आज मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ।

राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र राष्ट्रियसभाले पारित गरि सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित उक्त विधेयक ल्याइएको हो।

लेनदेनसम्बन्धी मुद्दामा साहुले अनुचित तवरले साँवाभन्दा कैयौँ गुणा बढी रुपैयाँ असुली गरेको, अचल सम्पत्ति हस्तान्तरण गराएको जस्ता दाबी गर्दै ऋणीले काठमाडौँमै आएर प्रदर्शन गरेपछि सरकारले अनुचित लेनदेनलाई व्यवस्थित बनाउने सहमति गरेको थियो। राष्ट्रियसभा बैठक बिहान ११ बजे बस्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>