राजनीति

सुन प्रकरणः व्यवसायी अडुकियाको घरमा छापा

Banner

काठमाडौं, साउन १०-

व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको हो । पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको समेत पाइएको छ । विभागका एक अधिकृतका अनुसार, घरबाट केही सामान समेत बरामद गरिएको छ ।

विभागले बुधबार सुन राख्नका लागि उपत्यकामा राखिएका गोदामको व्यवस्थापनका लागि सहयोग गरेको आरोपमा सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>