राजनीति
नीति अधिवेशनको साटो मंसिरमा महासमिति बैठक राख्न प्रस्ताव
०

काठमाडौं, साउन १०-
नेपाली कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने भएको छ ।
पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने प्रस्ताव गरेका हुन् ।
मंसिर २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो, तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।
महासमिति बैठक गर्न समेत ढिला भइसकेकाले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी महासमिति बैठक गर्ने प्रस्ताव गरिएको एक पदाधिकारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























