राजनीति

सुन प्रकरण छानबिन गर्न माग गर्दै रास्वपाले दर्ता गर्‍यो जरूरी सार्वजनिक महत्वको प्रस्ताव

Banner

काठमाडौं, साउन १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्।

रास्वपाले यस विषयमा छलफल गर्नुको कारणसमेत खुलाएको छ:

● यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्‍यो ? सो सम्बन्धी विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गर्न।

● सरकारले अब सुनको अवैध आयात तथा तस्करीको संगठित अपराध नियमन गर्न के–कस्तो पहल लिएको छ ? यदि पहल गरेको भए उक्त पहलमा के–कति प्रगति भएको छ ? सोको बारे सरकारसँग जानकारी माग गर्न।

● भन्सार भित्रबाट नै भएका तस्करीको भविष्यमा कडा रोकथामका सम्बन्धमा सरकारले के कस्तो कार्ययोजना पहल गरेको छ ? सोबारे सरकारसँग जानकारी माग गर्न।

● सरकारले बरामद भएका सुनको प्रयोग के-कसरी गर्ने सोचेको छ ? त्यसको स्पष्ट खाका सरकारबाट माग गर्न।

● नेपाल राष्ट्र बैँकबाट जारी परिपत्रअनुसार कडा रूपमा सुनको आयात नियमन गराउन सरकारले गरेको प्रयासबारे जानकारी माग गर्न।

● नेपालमा अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको यो पहिलो पटक होइन। सरकारले गरेका विगतका सुन तस्करीको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न र तत्पश्चात अपनाएको नियन्त्रण उपायको विश्लेषणात्मक प्रतिवेदनसमेत माग गर्न।

● सुन तस्करीमा नेपाललाई नै किन हब-ट्रान्जिटको रूपमा सङ्गठित अपराधीले सजिलै प्रयोग गरिरहेका छन् भन्ने विषयमा अपराधशास्त्रको विन्दुबाट सरकारद्वारा अध्धयन र अनुसन्धान माग गर्न।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>